नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरको कूटनीतिक चातुर्यता स्मरणीय छ: पूर्वराष्ट्रपति भण्डारी
gorkhapatraonline.com · Sun Jun 21 11:07:52 GMT 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १९ औँ शताब्दीको विश्वव्यापी औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमसत्ताको रक्षा गर्न तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । काठमाडौँमा आइतबार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
दक्षिण एसियाको अधिकांश भूभाग ब्रिटिश साम्राज्यको अधीनमा गइसकेको कठिन परिस्थितिमा पनि नेपालले आफ्नो स्वतन्त्रता कायम राख्न सफल हुनुको श्रेय तत्कालीन नेतृत्वका रूपमा जंगबहादुरलाई जाने पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जंगबहादुरले बेलायत भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुभएको थियो । त्यसपछि उहाँले अवलम्बन गर्नुभएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिश साम्राज्यबीचको सम्बन्धलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्यायो ।” नेपाल–ब्रिटिस भारत सीमा व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जङ्गे पिलर’हरूले सीमा स्पष्टता तथा प्रशासनिक र कूटनीतिक स्थिरतामा ठूलो भूमिका खेलेको उहाँको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)