खोला किनारका बस्तीमा बाढीको जोखिम
gorkhapatraonline.com · Sun Sep 13 10:31:36 GMT 2026

बाजुराका खोला किनारका बस्तीमा बाढीको जोखिम बढेको छ । यहाँका कर्णाली, बुढीगङ्गा , अनाई बाउली , बाउली , दानसाँगु तिपाडा लगायतका बस्ती खोला किनारमा रहेका छन् ।
पछिल्लो समयमा उक्त बस्तीमाथिदेखि पहिरो र तलदेखि बाढी आउने गरेकोले अहिले यी बस्तीमा बाढीको त्रास बढेको हो । यहाँका विच्छ्या ,बोर्ता , बौडी , बोल्ढीक , पीलिचौर , जङ्गसाल , कोसाडी, हरिकवल बाउली , राप्का बीरेखोला, जङ्गाडा , ओलेना , तिपाडा , अम्कोट , बल्दे , ताँप्रीसेरा र मौरे लगायतका बस्तीका स्थानीय यसबाट चिन्तित हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)