पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनद्वारा प्रधानमन्त्री राहत कोषमा ४० लाख सहयोग
ratopati.com · Sun Sep 13 10:40:20 GMT 2026

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४० लाख १ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एशोसिएसनले बुटवलमा पत्रकार सम्मेलन गरी सहयोग रकमबारे जानकारी गराएको हो। एशोसिएसनका अध्यक्ष हिमाल गैरेले संस्थामा आबद्ध पेट्रोलियम व्यवसायीहरूबाट संकलन गरिएको रकममा एशोसिएसनका तर्फबाट थप रकम जम्मा गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)