तीजको दरखाने खर्च बाढीपीडितलाई
khabarhub.com · Sun Sep 13 10:45:05 GMT 2026

काभ्रेपलाञ्चोक – पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । पाँचखाल-३, ४, ५ र ६ का स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु १५ हजार ५४५ सहयोग गरेका हुन् ।
बाढी प्रभावितका लागि केही राहत होस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका ‘दिदीबैनी-समूह’द्वारा गरिने दरखाने कार्यक्रमबाट उक्त रकम छुट्याएर राहत कोषमा जम्मा गरिएको समूहको सदस्य सरस्वती भेटवालले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)