गगन र देउवा पक्षबीच संवाद र सहकार्य आजको आवश्यकता : नृप वड
himalpress.com · Sun Sep 13 11:03:39 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नेता नृप वडले पार्टीभित्र चुलिँदै गएको आन्तरिक मतभेद अन्त्यका लागि सभापति शेरबहादुर देउवा पक्ष र महामन्त्री गगन थापा पक्षबीच तत्काल उच्चस्तरीय संवाद, सहकार्य र एकता हुनुपर्नेमा जोड दिएका छन्।
कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धा र नेतृत्वबीचको दूरीले कार्यकर्ता तथा आम नागरिकमा निराशा छाएको उल्लेख गर्दै उनले पार्टीलाई बाह्य प्रतिस्पर्धाभन्दा पहिले आन्तरिक अविश्वास र विभाजनको मानसिकताबाट मुक्त बनाउनुपर्ने बताएका हुन्। लोकतान्त्रिक पार्टीमा फरक विचार र प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यसलाई व्यक्तिगत दुश्मनीमा बदल्न नहुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)