भू–राजनीतिक तनावबीच ब्रिक्स सम्मेलनमा सहकार्यको खोजी
khabarhub.com · Sun Sep 13 11:04:58 GMT 2026

नयाँ दिल्ली- चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन् । नेताहरूले विश्वका आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताए । मोदीका अनुसार ब्रिक्स राष्ट्रहरूले विश्वको करिब ५० प्रतिशत जनसंख्या, ४० प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र २५ प्रतिशतभन्दा बढी विश्व व्यापार प्रतिनिधित्व गर्छन् । चिनियाँ राष्ट्रपति सी जिन्पिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)