चाडपर्वको रौनकभन्दा ठूलो मानवीय संवेदना
rajdhanidaily.com · Sun Sep 13 11:05:38 GMT 2026

नेपाली क्यालेन्डरका पानाहरू अब धमाधम चाडपर्वले भरिँदैछन्। तीज, इन्द्रजात्रा, दशैं, तिहार, छठलगायतका पर्वहरू एकपछि अर्को गर्दै हाम्रो घर-आँगनमा प्रवेश गर्ने तयारीमा छन्। सामान्य अवस्थामा यस्ता चाडपर्वले नेपाली समाजमा उमंग, भेटघाट, पारिवारिक मिलन, नयाँ कपडा, मिठा परिकार, गीत-संगीत र किनमेलको उत्साह ल्याउँछन्। बजारमा चहलपहल बढ्छ, घरहरूमा सरसफाइ हुन्छन् र टाढा रहेका आफन्तहरू घर फर्किने क्रम सुरु हुन्छ। तर यस वर्षको परिवेश फरक छ। हामीले चाडपर्व मनाउने तयारी गरिरहँदा देशको एउटा ठूलो भूभाग अझै प्राकृतिक विपत्तिको पीडामा छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधनमा पुर्याएको क्षति केवल एउटा भूगोल वा केही परिवारको समस्या होइन। त्यसले सम्पूर्ण नेपाली समाजलाई झस्काएको छ। कतै घर बगेका छन्, कतै सडक र पुल भत्किएका छन्, कतै परिवारको जीविकोपार्जनको आधार नै गुमेको छ। विपदको प्रत्यक्ष असरबाट बाहिर रहेका मानिसहरू पनि मनोवैज्ञानिक रूपमा यस घटनाले प्रभावित भएका छन्। त्यसैले यस वर्ष चाडपर्वको अर्थ केवल ‘कति रमाइलो गरियो?’ भन्ने प्रश्नमा सीमित हुनु हुँदैन। बरु प्रश्न हुनुपर्छ-‘हामीले चाडपर्वमार्फत कति मानवीय बन्न सक्यौँ?’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)