ताप्लेजुङको तिम्बुङ पोखरी वरिपरि फुल्दै कस्तुरी झार, हिमाली सौन्दर्यमा पर्यटक मोहित (फोटोफिचर)
aarthiknews.com

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालीखोला क्षेत्रमा अवस्थित तिम्बुङ पोखरी समुद्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको हिमाली प्राकृतिक सौन्दर्यको खानी हो । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो पोखरी वरिपरि हरेक वर्ष विभिन्न प्रजातिका फूलहरू फुल्ने गर्छन्, जसले यस क्षेत्रलाई झन् मनमोहक बनाउँछ । विशेष गरी कस्तुरी झार प्रजातिका गुलाबी रंगका फूलहरूले पोखरी वरिपरि हरियालीमा जीवन्त रंग भरेझैं देखिन्छ ।
गर्मी याममा फूल फुल्ने मौसममा पोखरी वरिपरि फैलिएका यी कस्तुरी झार प्रजातिका फूलहरूले हिमाली भूभागलाई चित्र जस्तै सुन्दर बनाइदिन्छन् । गुलाबी फूलहरूको नीलो र बैजनी रंगका अन्य फूलहरू पनि फुल्ने भएकाले दृश्यलाई अझ आकर्षक बनाउँछ । हिमाल, ताल र रंगीन फूलहरूको संयोजनले यो स्थानलाई फोटोग्राफी, प्राकृतिक अध्ययन तथा सौन्दर्य अवलोकन गर्न चाहनेहरूको मनपर्ने गन्तव्य बनाइदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)