मेडिकल र बायोमेट्रिकमा साउदी भिसा सेन्टरको सिन्डिकेट र सास्ती !
kendrabindu.com · Sun Sep 13 11:18:28 GMT 2026

काठमाडौं । मेडिकल र बायोमेट्रिकमा साउदी भिसा सेन्टरकाे सिन्डिकेट प्रति म्यानपावर व्यवसायीले विरोध गर्दै आएका छन् । वैदेशिक रोजगारीका लागि साउदी जाने श्रमिकको मेडिकल र बायोमेट्रिक प्रकृया झन्झटिलो हुँदा श्रमिकलाई अनावश्यक दुःख र आर्थिक भार परेको भन्दै सिन्डिकेट हटाउन व्यवसायीहरुले माग गर्दै आएका छन् ।
सरकारले स्वास्थ्य मन्त्रालयबाट सूचीकृत सबै स्वास्थ्य संस्थाले साउदी जाने श्रमिकको मेडिकल गर्न पाउनुपर्ने र बायोमेट्रिक प्रक्रिया सहज हुनुपर्ने माग राख्दै आए पनि साउदी अरबकाे दूतावासको आफ्नै नीतिका कारण यो सिन्डिकेट पूर्ण रूपमा तोडिन सकेको छैन । जसले गर्दा वैदेशिक रोजगारीका लागि साउदी जान चाहने नेपाली श्रमिकहरू मेडिकल परीक्षण र बायोमेट्रिक प्रक्रियाका नाममा गम्भीर झन्झट र आर्थिक शोषणमा पर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)