शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
rajdhanidaily.com · Sun Sep 13 11:40:03 GMT 2026

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जंगली हात्तीको बथानले दुईवटा घर भत्काएको छ ।
जंगली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–८ का सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जप्रेलले जानकारी दिए । हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उनले बताए । हात्तीले बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रासमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)