कृष्णभीरमा खोलिएको ट्रयाकमा थालियो ग्राभेल
nepalnews.com · Sun Sep 13 11:49:26 GMT 2026

चितवन। पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्रयाकमा आजदेखि ग्राभेल गर्न थालिएको छ। सडक फराकिलो पार्ने, सतह मिलाउने कामसँगै ग्राभेल गर्न सुरु गरिएको हो।
त्रिशूली नदीको बाढीले सडकको फेदमा कटान गरेर भासिएपछि सँगैको पहाड खोलेर ट्रयाक निर्माण भइरहेको छ। दुवैपट्टीबाट तीव्र गतिमा काम भइरहेको छ। नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार ग्राभेल बिछ्याउने काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)