मुस्ताङ भन्सारमा दुई सातामै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
gorkhapatraonline.com · Sun Sep 13 11:50:56 GMT 2026

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले दुई साताको अवधिमा एक अर्ब ७८ करोड ४४ लाख २२ हजार ७४६ रुपियाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेस्थित भन्सार कार्यालय बगाएपछि रसुवागढीबाट हुने आयात चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकातर्फ डाईभर्ट हुन थालेपछि पछिल्लो गएको गत शुक्रबार एकै दिन २७ करोड ११ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)