मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
ratopati.com · Sun Sep 13 12:10:54 GMT 2026
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औँ फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडिलाई बिदाइ गरेका छन्। नेपाल बुद्धिचाल महासङ्घले आइतबा। आयोजना गरेको कार्यक्रम उनले यही सेप्टेम्बर १४ देखि २८ गतेसम्म उज्वेकिस्तानको समरकाण्डमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई बिदाइ गरेका हुन्।
कार्यक्रममा मुख्यमन्त्री थापामगरले प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताए। उनले बागमती प्रदेश सरकारले खेलाडीको मन उच्च बनाउनका लागि खेलकुद क्षेत्रमा ठुलो लगानी गरेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)