कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
nepalsamaya.com · Sun Sep 13 12:18:32 GMT 2026

चितवन। पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको छ। सडकमा फराकिलो पार्ने, सतह मिलाउने कामसँगै ग्राभेल गर्न सुरु गरिएको हो।
यही भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको फेदमा कटान गरेर भासिएपछि सँगैको पहाड खोलेर ट्र्याक निर्माण भइरहेको छ। दुवैपट्टीबाट तीव्र गतिमा काम भइरहेको छ। नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार ग्राभेल बिछ्याउने काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)