लाउडा विमान भाडा प्रकरण : पूर्ण इजलासमा पुगेको ९ वर्ष बित्दा पनि सुनुवाइ अनिश्चित
ratopati.com · Sun Sep 13 12:30:00 GMT 2026

काठमाडौँ । लाउडा विमान भाडा प्रकरणमा अनियमितता सम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिन थालेको ९ वर्ष भए पनि सुनुवाइ ठप्प भएको छ । २०७४ वैशाख ६ गते सर्वोच्च अदालतको दुई न्यायाधीशबिच राय बाझिएपछि यो मुद्दा पूर्ण इजलास पठाइएको हो ।
९ वर्षअघि तत्कालीन प्रधान न्यायाधीश गोपाल पराजुलीदेखि हालका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मासम्म सर्वोच्चमा सात जनाको नेतृत्व फेरिइसकेको छ, तर लाउडा विमान भ्रष्टाचार मुद्दाको सुनुवाइ नै हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)