कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
khabarhub.com · Sun Sep 13 12:34:02 GMT 2026

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको छ । सडकमा फराकिलो पार्ने, सतह मिलाउने कामसँगै ग्राभेल गर्न सुरु गरिएको हो ।
यही भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको फेदमा कटान गरेर भासिएपछि सँगैको पहाड खोलेर ट्र्याक निर्माण भइरहेको छ । दुवैपट्टीबाट तीव्र गतिमा काम भइरहेको छ । नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार ग्राभेल बिछ्याउने काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)