१२ दिनपछि कृष्णभीरमा एकतर्फी यातायात सञ्चालन
ratopati.com · Sun Sep 13 12:42:25 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा १२ दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । सडक निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारीसाधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराइएको हो ।
निर्माणको जिम्मा पाएको सगुन कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष सहदेव खड्काका अनुसार करिब १२ दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन गर्न सम्भव भएको हो । काठमाडौँबाट मुग्लिङतर्फ पहिलो ग्यास बुलेट पठाइसकिएको र त्यसपछि रोकिएर बसेका हेभी इक्युपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)