तीजको दरखाने खर्च बाढीपीडितलाई
ratopati.com · Sun Sep 13 12:41:57 GMT 2026

काभ्रेपलाञ्चोक। पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। पाँचखाल-३, ४, ५ र ६ का स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु १५ हजार ५४५ सहयोग गरेका हुन्।
बाढी प्रभावितका लागि केही राहत होस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका ‘दिदीबैनी-समूह’द्वारा गरिने दरखाने कार्यक्रमबाट उक्त रकम छुट्याएर राहत कोषमा जम्मा गरिएको समुहको सदस्य सरस्वती भेटवालले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)