नास्टलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्छ : मन्त्री पुन
annapurnapost.com · Sun Sep 13 12:35:49 GMT 2026

काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएक छन्।
आइतबार सिंहदरबारमा ‘नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को संशोधन तथा एकीकरण विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषयगत विज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफलमा मन्त्री पुनले राजनीतिक हस्तक्षप मुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको जानकारी दिए। उनले प्रतिष्ठानहरूमा हुने राजनीतिक हस्तक्षेपले संस्थागत विकास प्रभावित भएको भन्दै अब राजनीतिक हस्तक्षेप नहुनेगरी संरचना निर्माण गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)