झिंगे दाउ २ को ट्रेलर सार्वजनिक
nepalpress.com · Sun Sep 13 12:45:58 GMT 2026

काठमाडौँ । असोजको २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दाजुभाइ, देउरानी जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने विषयलाई प्रस्तुत गरिएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यस फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)