हरिओम र निरजको जोडीलाई ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधि
ratopati.com · Sun Sep 13 12:53:41 GMT 2026
डडेल्धुरा। डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरतबहादुर ऐरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै विजेता केसी र मल्लको जोडीले रु २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)