स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
ratopati.com · Sun Sep 13 13:08:19 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद रु १३ लाख ७५ हजारसहित एक जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने उक्त रकमसहित आज पक्राउ परेका हुन्। प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)