बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
onlinekhabar.com · Sun Sep 13 13:29:39 GMT 2026

२८ भदौ, काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख ५० हजार ६०५ रुपैयाँ सहयोग गरेको छ।
विपद्को कठिन घडीमा पीडित तथा प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनअन्तर्गतका विभिन्न शैक्षिक संस्थाहरू, शिक्षक, कर्मचारी, विद्यार्थी र संस्थापन पक्षको सामूहिक प्रयासमा उक्त रकम संकलन गरिएको फाउन्डेसनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)