ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी
khabarhub.com · Sun Sep 13 13:36:28 GMT 2026

काठमाडौं – नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानजस्ता शीर्ष नेताहरू सहभागी यस सम्मेलनमा विभिन्न क्षेत्रीय द्वन्द्व र विश्वव्यापी आर्थिक वृद्धिका विषयले प्राथमिकता पाए ।
भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्सको मुख्य शक्ति नै यसका सदस्य देशहरूबीचको सामाजिक, राजनीतिक र आर्थिक विविधता भएको बताए । विश्वको आधा जनसंख्या, ४० प्रतिशत कुल गार्हस्थ्य उत्पादन र २५ प्रतिशतभन्दा बढी व्यापारको प्रतिनिधित्व गर्ने यस समूहले साझा सहकार्यमार्फत समावेशी विकास हासिल गर्न सक्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)