भरतमणिले जिते ‘कमेडी च्याम्पियन–२’ को उपाधि
ekantipur.com · Sat Sep 18 17:26:55 GMT 2021
काठमाडौँ — कमेडी च्याम्पियन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा पौडेलले उपाधि जितेका हुन् ।
विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन् । पछिल्लो समय उनले पूर्व युवराज पारस शाहको अभिनय गरेर झन् चर्चित बनेका थिए । रियालिटी शो सुरु भएदेखि नै चर्चा कमाइरहेका पौडेलले अन्त्यमा उपाधि पनि आफ्नो पक्षमा ल्याउन सफल भए । ताप्लेजुङमा पौडेलले राजनीतिक व्यंग्यहरू गरेर उनले चर्चा कमाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)