राप्रपा काठमाडाैँको अध्यक्षमा दिपक केसी विजयी
ratopati.com · Sun Sep 13 13:40:37 GMT 2026

काठमाडाैँ । काठमाडाैँमा राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा भएको निर्वाचनबाट दिपक केसी अध्यक्ष पदमा निर्वाचित भएका छन्।
आइतबार भएकाे अधिवेशनमा केसीले ३९० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरे । अर्का उम्मेदवार प्रमोद पौडेलले ३४ मत प्राप्त गरेका छन्। नवनिर्वाचित अध्यक्ष केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका पूर्व संयोजक समेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)