सन्दीप लामिछानेद्वारा सरकारलाई ३ लाख ६३ हजार सहयोग
kendrabindu.com · Sun Sep 13 13:42:08 GMT 2026
काठमाडाैं । एसीसी प्रिमियर कप २०२६ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शनसँगै सामाजिक उत्तरदायित्व पूरा गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु. ३,६३,००० सहयोग गर्ने प्रतिबद्धता पूरा गरेका छन्।
प्रतियोगिता सुरु हुनुअघि गरिएको घोषणा अनुसार प्रतियोगिताभर नेपालले लिएको कुल ५७ विकेट र प्रहार गरेको १०५ बाउन्ड्री (चौका र छक्का) बापत प्रति विकेट र बाउन्ड्री रु. १,५०० का दरले जम्मा रु. २,४३,००० हुन आउँछ। यसमा क्यानको एक महिनाको तलबबापतको रु. १,२०,००० थप गरी कुल रु. ३,६३,००० सहयोग रकम प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)