अटो रिक्साको ठक्करबाट बालकको मृत्यु
nepalnews.com · Sun Sep 13 13:53:04 GMT 2026

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
मिलनचोकमा बाटो पार गर्ने क्रममा धनगढी उपमहानगरपालिका–२ आदर्श टोलका १८ वर्षीय अङ्कित गुप्ताले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ स ६११ नम्बरको अटोरिक्साले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)