युद्धग्रस्त अफगानिस्तानदेखि अफ्रिकासम्मका विपदमा काम गरेका विज्ञ भन्छन्– हामीले इतिहासबाट पाठ सिकेनौँ
ratopati.com · Sun Sep 13 14:15:00 GMT 2026

२५ वर्ष संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडीपी) मा काम गरिसकेका मान बहादुर थापा अनुभवी विपद् व्यवस्थापन विज्ञ हुन् । उनले श्रीलंका, बंगलादेश, इन्डोनेसिया, अफगानिस्तान, माल्दिभ्स, टर्की लगायत १३ वटा मुलुकमा काम गरिसकेका छन् । भूकम्प, बाढी, पहिरो, सुनामी, समुद्री चक्रवात जस्ता प्राकृतिक विपत्तिले निम्त्याएको सङ्कटको व्यवस्थापन र न्यूनीकरणका लागि विश्वका डेढ दर्जन मुलुकमा जिम्मेवारी सम्हालेको अनुभव उनीसँग छ । एसियाली विपद् पूर्वतयारी केन्द्र (एडीपीसी) मा पाँच वर्ष काम गरेका उनले विभिन्न देशमा विपद् व्यवस्थापनबारे तालिम लिएका छन् ।
अमेरिकाको कर्नेल युनिभर्सिटीबाट सन् १९९९ मा प्राकृतिक स्रोत संरक्षणमा स्नातकोत्तर गरेका थापाले युनिभर्सिटी अफ् द फिलिपिन्सबाट ग्रामीण समाजशास्त्र र कृषि अर्थशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् । युनडीपी र अन्य अन्तर्राष्ट्रिय एवं राष्ट्रिय संस्थामा विपद् व्यवस्थापन विशेषज्ञका रूपमा झन्डै तीन दशक काम गरेका उनीसँग हालै नेपालले सामना गरेको विपद् तथा यससँग सम्बन्धित विभिन्न विषयमा रातोपाटीका लागि नरेन्द्र रौलेले कुराकानी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)