संविधान, निर्वाचन सम्बन्धी ऐन तथा कानुनले राइट टु रिकल’ कसरी कार्यान्वयन गर्ला रास्वपाले ?
barnanmedia.com · Sun Sep 13 14:10:09 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्याह्वान (राइट टु रिकल) सम्बन्धी दस्तावेज निर्माण गर्ने भएको छ । भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि कार्यदल गठन गरेको थियो ।
शुक्रबार कार्यदलले पूर्णता पाएको छ । ११ सदस्यीय कार्यदलमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने सदस्य छन् । कार्यदलको छिट्टै बैठक बसेर कार्यक्षेत्र निर्धारण गर्ने संयोजक आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)