'आई एम अ शेर्पा अफ माउन्ट एभरेस्ट' सार्वजनिक
annapurnapost.com · Sun Sep 13 14:14:03 GMT 2026

काठमाडौं : मिङ्मा दोर्जी शेर्पाद्वारा लिखित पुस्तक 'आई एम अ शेर्पा अफ माउन्ट एभरेस्ट' काठमाडौंमा शनिबार सार्वजनिक भएको छ ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले 'सगरमाथाको शेर्पा म' पुस्तकको अंग्रेजी संस्करण 'आई एम अ शेर्पा अफ माउन्ट एभरेस्ट' सार्वजनिक गरेका हुन्। उनले शेर्पाको पुस्तकले शेर्पा समुदायको साहस, त्याग र मौलिक संस्कृति उजागर गर्ने बताए । 'यो पुस्तक एउटा व्यक्ति वा आरोहीको कथा मात्र होइन,' उनले भने, 'सगरमाथाको काखमा हुर्किएको सिंगो शेर्पा समुदायको साहस, त्याग र मौलिक संस्कृति उजागर गर्ने ऐतिहासिक दस्तावेज हो।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)