रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरला नाकामा व्यापारिक चाप
nepalnews.com · Sun Sep 13 14:43:36 GMT 2026

काठमाडौं। रसुवागढी-केरुङ नाका भदौ १० गतेदेखि बाढीका कारण अवरुद्ध भएपछि मुस्ताङको कोरला-लिजी नाकाबाट हुने व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि भएको छ। तातोपानी नाका पनि हाल बन्द रहेको अवस्थामा व्यवसायीहरूले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिरहेका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार हाल दैनिक ६० देखि ७० वटा मालवाहक सवारीसाधनको जाँचपास भइरहेको छ। भदौ १० गतेयता मात्रै ३४९ वटा कन्टेनर र ५९४ वटा विद्युतीय सवारीसाधन (ईभी) सो नाकाबाट भित्रिएका छन्। यसअघि भदौ १० गतेसम्म जम्मा १३३ कन्टेनर र १६३ ईभी जाँचपास भएका थिए। हालसम्म कुल ४८२ कन्टेनर र ७५७ ईभी मुस्ताङ भन्सारबाट जाँचपास भइसकेका छन्। अझै करिब ३ देखि ४ सय विद्युतीय सवारीसाधन नाकामा रहेको र केहीको भन्सार घोषणा हुन बाँकी रहेको भन्सार प्रमुख बिदुर चुडालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)