एक करोड ३९ लाख ठगेको अभियोगमा एक जना पक्राउ
ratopati.com · Sun Sep 13 14:42:54 GMT 2026

काठमाडौँ। सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट परिचालन भएको टोलीले पक्राउ गरेको छ।
टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेष्ट हाउसबाट निजलाई शनिबार पक्राउ गरिएको हो। करणी कसुरमा नक्खु कारागारमा सजाय भोगिरहेका अभियुक्त पोहोर भदौ २४ गते त्यहाँबाट भागेका कैदी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)