टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
baahrakhari.com · Sun Jul 28 17:37:23 UTC 2024

भक्तपुर । टिपरको ठक्करबाट आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा काभ्रेपको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुवाश तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार काठमाडाैंबाट भक्तपुरतर्फ आउँदै गरेको ग ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बाप ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि–४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)