देश विकासमा योगदान गर्न पूर्वराष्ट्रपति यादवकाे आग्रह
ratopati.com · Sun Sep 13 14:56:01 GMT 2026

ललितपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै सम्मानित व्यक्तित्वहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गरेका छन्।
व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले सिजन मिडियाको प्रस्तुतिमा आइतबार ललितपुरमा आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को ग्रान्ड अवार्ड समारोहमा उनले नेपालसहित विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गर्ने अवसर महत्वपूर्ण भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)