बाढीले क्षति गरेको धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
makalukhabar.com · Sun Sep 13 14:57:24 GMT 2026

काठमाडौं । बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुन: सञ्चालनमा आएको छ । गत भदौ १० गतेको भोटेकोशी बाढीले जहरेखेतस्थित सबस्टेसनमा १० फिटसम्म लेदोहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुन:स्थापनाको काम अघि बढाएको थियो । भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुन: सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)