कञ्चनपुरको डोकेबजारमा करिब चार किलो चरेस बरामद, तस्कर झोला फालेर फरार
baahrakhari.com · Sun Sep 13 15:04:00 GMT 2026

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ किलो ८ सय ५० ग्राम चरेस बरामद गरेको छ ।
आइतबार सशस्त्र प्रहरी बल, नेपाल बीओपी डोकेबजारबाट गस्ती टोलीले शंकास्पद झोला नियन्त्रणमा लिएर चेकजाँच गर्दा चाउचाउको कार्टुनभित्र चरेस फेला परेको हो । तीन किलो आठ सय ५० ग्राम चरेस रहेको जेब्रा झोला छाडेर तस्कर भारततर्फ भागेको सशस्त्र प्रहरी सहायक हवल्दार महेन्द्र बिष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)