धनगढीमा अटोको ठक्करबाट एक जनाको मृत्यु
ratopati.com · Sun Sep 13 15:22:32 GMT 2026

धनगढी । कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।
आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–२ मिलन चोकमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका १४ वर्षीय क्रिस गोतामेको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)