एलपी ग्यास आपूर्ति सहज हुँदै, दैनिक ४० हजार सिलिण्डर वितरण
ratopati.com · Sun Sep 13 15:27:21 GMT 2026

काठमाडौँ । नेपालमा एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको र पछिल्लो समय वितरण प्रणालीलाई थप प्रभावकारी बनाइएपछि बजारमा ग्यासको अवस्था क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यो करिब ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो। त्यस्तै, इण्डियन आयल कर्पोरेशनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० सम्म १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)