निःशुल्क वितरण गरिने औषधि तीन महिनादेखि अभाव
nepalnews.com · Sat Jun 27 09:42:50 GMT 2026

सुर्खेत। सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो।
औषधि अभावका कारण दीर्घरोगी महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका बिरामीले बताएका छन्। प्रदेश सरकारले अहिलेसम्म निःशुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पताल सल्यानसहित पालिकाका स्वास्थ्य संस्थामा दीर्घरोगीले प्रयोग गर्ने औषधिको अभाव भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)