मधेसका मुख्यमन्त्री यादव दुई दिने फिलिपिन्स भ्रमणमा
ratopati.com · Sun Sep 13 15:59:33 GMT 2026

काठमाडौँ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव आइतबार दुई दिने फिलिपिन्स भ्रमणमा प्रस्थान गरेका छन्। मधेस प्रदेशको कृषि क्षेत्रलाई थप सुदृढ,आधुनिक तथा उत्पादनमुखी बनाउने उद्देश्यले मुख्यमन्त्री यादव फिलिपिन्स भ्रमणमा गएका उनको सचिवालयले जानकारी दिएको छ।
भ्रमणका क्रममा फिलिपिन्सको कृषि क्षेत्रको विकास, आधुनिक प्रविधिको प्रयोग, कृषि उत्पादन वृद्धि तथा किसानको क्षमता अभिवृद्धिसम्बन्धी अभ्यास र अनुभवबारे अध्ययन तथा छलफल हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)