आयल निगमले भन्यो- अतिरिक्त ग्यास सिलिण्डर सञ्चय नगर्नुस्
annapurnapost.com · Sun Sep 13 15:46:42 GMT 2026

काठमाडौं : नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न र अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ।
निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेको स्पष्ट पारेको हो। निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ, जुन ३७ लाख १३ हजार ६९४ सिलिण्डर बराबर हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)