कृष्णभिरमा नयाँ ट्रयाक परीक्षण, तीन-चार दिनमा बाटो खुल्ने
gorkhapatraonline.com · Sun Sep 13 16:55:33 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्रयाकको आज सफल परीक्षण गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नयाँ ट्रयाकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यास बुलेट सञ्चालन गरेर परीक्षण गरिएको हो। परीक्षण सफल भएपछि क्रमशः अन्य सवारीसाधन सञ्चालन गराइएको उहाँले जानकारी दिनुभयो । उहाँले निरन्तर काम गरेर आज नयाँ ट्रयाकबाट सवारीसाधन सञ्चालन गराउन सफल भएको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)