कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने
nepalnews.com · Sun Sep 13 17:26:34 GMT 2026

काठमाडौँ। त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भएको छ।
सडक विभागका अनुसार गत भदौ १० र १४ गते आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको थियो। यातायात सञ्चालनका लागि विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्रयाक निर्माण तथा सडक पुनर्स्थापनाको काम अघि बढाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)