भुटानी क्लबको पोष्टमा ७ गोल गर्दै चर्च ब्वाइज फाइनलमा
onlinekhabar.com · Wed Feb 05 18:03:22 GMT 2025
२३ माघ, काठमाडौं । भुटानको रोएल थिम्पु कलेज (आरटीसी) क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड धरानमा जारी २५औं बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार धरान रंगशालमा भएको खेलमा चर्च ब्वाइजको जितमा समिर तामाङ र अर्मान्ड भिदोङले ह्याट्रिक गरे । पदम भट्टराईले एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)