दश दिनमा काठमाडौं उपत्यकामा चार लाख सिलिण्डर वितरण
gorkhapatraonline.com · Sun Sep 13 18:19:22 GMT 2026

। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो ।
इण्डियन आयल कर्पोरेशन (आइओसी) को विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिकटन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिनुभयो । नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास खपत हुँदैआएको छ । हाल पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएकाले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगमा ग्यास रिफिल गरी काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)