मुस्ताङमा शालिग्राम मूर्ति स्थापना
barnanmedia.com · Thu May 28 23:54:38 GMT 2026

मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वका समुद्घाटन गरिएको हो ।
मुक्तिनाथ दर्शनका लागि आउनुभएका दक्षिण भारत कर्नाटक राज्यको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजद्वारा विशाल शालिग्रामको समुद्घाटन गर्नुभएको हो । शालिग्राम शिलाको समुद्घाटन गरिएकाले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)