संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै
nepaltvonline.com · Fri May 29 00:03:26 GMT 2026

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ । कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाउनुभएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्नुहुनेछ । सम्मानित हुनेमध्ये गत वर्ष निधन हुनुभएका ५९ जना शान्ति सेना पनि रहनुभएको नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)