भोटेकोसी बाढी : यी अस्पतालमा लगिएको छ शव
baahrakhari.com · Fri Aug 28 23:35:04 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा बुधबार (भदौ १०) बिहान आएको बाढीका कारण ठूलो जनधनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । सुरक्षा निकाय निरन्तर उद्धार, खोज र राहतमा जुटेको छ ।
यद्यपि, बाढीमा परेर ज्यान गुमाएका व्यक्तिहरूको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । बाढीमा परी मृत्यु भएकाको शव विभिन्न अस्पतालमा पु¥याइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, शुक्रबार (भदौ १२) साँझसम्म फेला परेका मध्ये ५११ जनाको शव विभिन्न अस्पतालमा पु¥याइएको छ । रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चे रसुवामा राखिएको छ ।
धादिङमा संकलन गरिएका २७ शव पोखरा लगिएको छ । १० शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
नुवाकोटमा फेला परेका ३८ शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । चितवनमा फेला परेका १७१ शव जिल्ला अस्पताल भरतपुरमा, चार शव नेसनल सिटी अस्पताल, दुई शव भरतपुर सामुदायिक अस्पताल, दुई शव नारायणी अस्पताल र ४१ शव औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ ।
तनहुँमा फेला परेका मध्ये नौ शव मणिपाल अस्पताल पोखरा, पाँच शव प्रादेशिक अस्पताल दमौली र १४ शव गण्डकी अस्पताल पोखरामा राखिएको छ ।
गोरखामा भेटिएका मध्ये २९ प्रदेश अस्पताल गोरखामा, ११ शव गण्डकी अस्पताल पोखरा र चार शव नुप अस्पताल गोरखामा राखिएको छ ।
नवलपरासी (सुस्ता पूर्व)मा भेटिएका मध्ये ६ शव मध्यविन्दु नगर अस्पताल चोरमारामा, ३६ शव गैँडाकोट नगर अस्पतालमा, २२ शव मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा, चार शव जिल्ला अस्पताल पाल्पामा, दुई शव मिसन अस्पताल पाल्पामा, दुई शव लुम्बिनी अस्पताल पाल्पामा र ४१ शव गण्डकी अस्पताल पोखरामा राखिएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा फेला परेका मध्ये आठ शव पृथ्वीचन्द्र अस्पताल परासीमा, ११ शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा, तीन शव भीम अस्पताल भैरहवामा र ६ शव पिपरा अस्पताल कपिलवस्तुमा राखिएको प्राधिकरणले जनाएको छ ।
अरू शवलाई पनि पायक पर्ने अस्पतालमा लैजाने काम भइरहेको छ । भेटिएका शवहरू संकलन गरी सम्बन्धित स्थानमा पु¥याउने कार्य समेत भइरहेको प्राधिकरणको भनाइ छ । रासस
#बाढी
#रसुवा
#भोटेकोसी नदी
#शव संकलन
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)