लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ संकल्पका साथ अघि बढ्नुपर्छ: उपराष्ट्रपति
nepalnews.com · Fri May 29 01:03:50 GMT 2026

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
गणतन्त्र दिवस, २०८३ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “गणतन्त्र जनताको शासन प्रणाली हो, जहाँ सम्पूर्ण शक्ति जनतामा निहित हुन्छ, जनताद्वारा निर्वाचित जनप्रतिनिधिले जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म हो, संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गर्दै अघि बढ्न सके मात्र हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहन सक्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)